12/31/2025, 13:21:21
बुधबार, पुष १६, २०८२

चीनद्वारा नयाँ भू–उपग्रह टियानहुई–७ सफलतापूर्वक प्रक्षेपण


एजेन्सी,पुस १६ गते । चीनले मंगलवार उत्तर–पश्चिमी क्षेत्रमा अवस्थित जिउक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट एउटा नयाँ भू–उपग्रह अन्तरिक्षमा पठाएको छ ।

बेइजिङ समयअनुसार दिउँसो १२ः१२ बजे लङ मार्च–४बी रकेटमार्फत प्रक्षेपण गरिएको ’टियानहुई–७’ भू–उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ ।

यस भू–उपग्रहको प्राथमिक प्रयोग भौगोलिक नक्शाङ्कन, भूमि संशाधन सर्वेक्षण र वैज्ञानिक अनुसन्धान जस्ता कार्यहरूमा गरिने बताइएको छ ।

यो सफल प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ६२२ औँ उडान मिशन हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..