12/31/2025, 15:12:54
बुधबार, पुष १६, २०८२

खालिदाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान


काठमाडौं, पुस १६ गते। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन् ।

मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । उनी पुस १७ गते बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

नेत्रृ जियाले प्रधानमन्त्रीका रूपमा नेपाल-बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको योगदान स्मरणीय छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..