02/25/2026, 15:40:17
बुधबार, फागुन १३, २०८२

जाजरकोटको एक पसलमा आगालगी : करिब २५ लाखको क्षति


जाजरकोट फागुन १३ गते । जाजरकोटको सदरमुकाम एक पसलमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ । भेरी नगरपालिका–४, शान्तिचौतारा बसपार्कस्थित कर्णबहादुर वलीको पसलमा मङ्गलबार राति करिब १२ बजे आगलागी भएको हो । गौरव एण्ड सौरभ प्लास्टिक तथ मोबाइल पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ ।

भेरी नगरपालिका–४ऽ शान्तिचौतारा बसपार्कमा ओइ के सप्लायर्सका प्रोप्राइटर तिकल आचार्यका अनुसार आगलागी भएपछि तत्काल स्थानीयले प्रहरीलाई खबर गरेपछि राति १२ बजे लागेको आगो १ः३० बजे नियन्त्रणमा आएको हो ।

उहाँका अनुसार तीन वटा सरकारले सरकार सञ्चालन गरेको वर्तमान अवस्थामा स्थानीय सरकारले आगो निभाउन दमकलको व्यवस्थ नगरेका कारण नियन्त्रण गर्न समस्या भएको थियो । आगलागी भएको जानकारी पाएपछि तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी प्रहरी निरीक्षक सुधिरकुमार खड्काले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीका पीडितले निवेदन नदिएका कारण क्षतिको एकिन विवरण आउन नसकेको छैन । स्थानीयका अनुसार करिब २५ लाख बराबरको क्षति भएको बताएका छन् । आगालागीमा मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..