02/25/2026, 14:11:15
बुधबार, फागुन १३, २०८२

निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण


इनरुवा (सुनसरी) फागुन १३  गते । निर्वाचनमा खटिने कर्मचारीका लागि जिल्ला सदरमुकाममा पनि १६७ मतदानस्थलमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन भइरहेको छ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम इनरुवा-५ स्थित सारदा माविमा आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

जिल्लामा चार निर्वाचन क्षेत्र रहेको जनाउँदै उनले १६७ मतदानस्थलमा खटिने कर्मचारीलाई निर्वाचन सुरक्षा, लाइन व्यवस्थापनलगायत विषयमा तालिम दिन थालिएको बताए। तालिम शुक्रबार समापन हुने निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..