02/13/2026, 15:47:06
शुक्रबार, फागुन ०१, २०८२

पूर्वराजा शाहको स्वागतमा त्रिभूवन विमानस्थल बाहिर समर्थकहरूको भीड


काठमाडौँ, फागुन १ गते । झापा भ्रमण सम्पन्न गरी पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्।

उनको आगमनका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। स्वागतका लागि विभिन्न समूहका समर्थकहरू विमानस्थल क्षेत्रमा भेला भएका हुन्।

 

उक्त अवसरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता कमल थापा लगायत पनि उपस्थित रहेको जनाइएको छ।

यसअघि प्रशासनले विमानस्थल क्षेत्रमा निषेध आदेश जारी गरेको थियो। तथापि, आगमनसँगै भीड व्यवस्थापन चुनौतीपूर्ण बनेपछि सुरक्षा सतर्कता उच्च पारिएको छ। विमानस्थल आसपास र प्रमुख मार्गहरूमा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..