काठमाडौँ, फागुन १ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ ।
औपचारिक प्रचारप्रसार यही फागुन ४ गतेदेखि सुरु हुने भएता पनि उम्मेदवारहरू घरदैलो, टोलसभा र अन्तरक्रियाका माध्यमबाट मतदातामाझ पुगिरहेका छन् ।
यो निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवार छन् । राजनीतिक दलका १६ र १२ जना स्वतन्त्र छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मणिराम फुयाँल, नेपाली काँग्रेसबाट कवीर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सुनिल केसी, श्रम संस्कृति पार्टीका मुकुन्द कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कुन्तीदेवी पोखरेल उम्मेदवार रहेका छन् । यहाँ २२ जना पुरुष र ६ जना महिला छन् । दलबाट तीन र तीन जना महिला स्वतन्त्र उम्मेदवार छन् ।
यो क्षेत्रमा पुराना राजनीतिक दल र तिनका उम्मेदवारको नयाँ पार्टीका प्रत्याशीबीच प्रतिस्पर्धा हुने भएको छ । यो निर्वाचनलाई आफूहरूले केवल दलगत प्रतिस्पर्धा मात्र नभई विश्वासको परीक्षाका रूपमा लिएको उम्मेदवारहरूले बताएका छन् ।
अधिकांश उम्मेदवारका ‘एजेन्डा’ रोजगारी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र भ्रष्टाचार नियन्त्रण छन् । उनीहरूले कानुन निर्माणभन्दा पनि मतदाताका दैनिकीसँग जोडिएका समस्या सम्बोधनको वाचा गरिरहेका छन् ।
कोटेश्वरको ट्राफिक जाम, खानेपानी समस्या, मनोहरा कोरिडोर व्यवस्थापन र रोजगारीका अवसर सृजनालाई प्राय: सबै उम्मेदवारले चुनावी एजेन्डा बनाएका छन् ।
देशले संघीय शासन पद्धति अंगीकार गरे पनि मतदाताले सडक, पुल, ढल, खानेपानी समस्या सांसदहरूबाटै समाधान हुनुपर्ने अपेक्षा गरेका छन् । संघीयता कार्यान्वयन भइसकेपछि स्थानीय, प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने जनताका आधारभूत आवश्यकता कानुन बनाउन संघीय संसद्मा प्रतिनिधित्व गर्नेहरूको थाप्लोमा मतदाताले हाल्न नहुने उम्मेदवारहरूको कथन छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










