02/13/2026, 13:10:13
शुक्रबार, फागुन ०१, २०८२

आम जनता पार्टीको घोषणापत्र सार्वजनिक हुँदै


काठमाडौं, फागुन १ गते । आम जनता पार्टी (आजपा)ले आज प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा अहिले बिहान ११ बजे पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनि गर्ने कार्यक्रम रहेको आजपा कार्यालय सदस्य रविन्द्र सिंहले जानकारी दिए ।

आजपा अध्यक्ष प्रभु साह, नेता ऋषी धमला लगायतको विशेष उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्न लागिएको हो । अहिलेको व्यवस्था नै खराब भएकाले मुलुकको अवस्थामा पनि खराब भएको निष्कर्ष सहित आजपाले भ्रष्ट, दलाल एवं लुटकारी व्यवस्थाको आन्दोलन गर्दै आएको छ । जेन-जी आन्दोलनलाई खुलेर समर्थन गर्ने र सो आन्दोलनलाई संस्थागत गर्नुपर्ने आवाज उठाउदै आएका आजपाले जेन-जी आन्दोलनका हत्यारा, भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने बताउदै आएको छ ।

‘अब की बार जनता सरकार’ भन्दै आजपाले दलतन्त्र बिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुनका लागि सबैलाई मोवाईलमा मतदान गर्न अपिल गरेको छ । स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार हुनुपर्नेमा आजपाले जोड दिदै आएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..