काठमाडौँ, माघ १६ : नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोका रूपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा दाहालले रुकुम (पूर्व) नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको बताएका हुन् ।
पूर्वी रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेशी, थारु लगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताए ।
चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उनको भनाइ छ । संयोजक दाहालले रुकुम पूर्वकै बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गरे । रोल्पाबाट पहिले नै निर्वाचन लडिसकेकाले यसपटक रुकुम पूर्व रोजेको उनको भनाइ छ ।

आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरी औपचारिक तथा कानुनी मान्यता दिएको उल्लेख गरे । यद्यपि त्यसको कार्यान्वयनका लागि विधेयक बने पनि पूर्ण रूपमा लागू हुन बाँकी रहेको उनको भनाइ छ ।
यस्तो छ दाहालको भनाइ
रुकुम पूर्वको विशेषता के छ भने पुर्वी रुकम नै त्यस्तो जिल्ला हो, जहाँबाट नेपालमा गणतन्त्र अब कसैले रोक्न सक्दैन भनेर निष्कर्ष निकालिएको थियो र त्यो घोषणा गरिएको थियो । रुकुमको चुनवाङ बैठक । तपाईं हामी सबैलाई गर्व छ, चुनवाङप्रति । त्यो चुनवाङ खाली नेपालमा मात्रै परिचित छैन, त्यसले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खोलेको हो, चुनवाङ बैठकले । त्यो संसारभरी पनि परिचित छ । जहाँबाट महिला, जनजाति, मधेशी, थारुलगायत सबै उत्पीडित समुदायको लागि समावेशी र पहिचानसहित अधिकार दिनेगरि संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल पुर्याउने उद्घोष गरिएको थियो ।
रुकुम पूर्व त्यस्तो जिल्ला पनि हो जहाँ हाम्रो पार्टीभित्र त्यतिबेला चलेको विचारधारत्मक संघर्ष, निकै ठूलो बहस चलेको थियो । त्यो बैठक पनि हाम्रो पार्टीले इतिहासमा एउटा अविस्मरणीय बैठक भयो, त्यसलाई हामी लवाङ बैठक भन्छौँ । देश खासगरी जेन-जी आन्दोलन भदौ २३ को र २४ को विध्वंशपछि असाधारण जटिल परिस्थितिवाट गुज्रिएको छ ।
राष्ट्र निकै ठूलो अप्ठ्यारोमा छ । त्यसकारण राष्ट्रलाई एकताबद्ध गर्ने, अनि आन्दोलनलाई एउटा नयाँ उचाइ दिने र देशभर समाजवाद निर्माणको एउटा नयाँ सन्देश दिने उपयुक्त थलो कुन हुनसक्छ भन्दा हाम्रो पार्टीले र मैले रुकुम पूर्व नै त्यस्तो ठाउँ हो हुनसक्छ भनेर आएँ । किनकि रोल्पामा म पहिले नै चुनाव लडिसकेको थिएँ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










