काठमाडौँ, माघ १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम गएका एक व्यक्ति बेहोस भएका छन् ।
नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला एक्कासि बेहोस हुँदा टाउकोमा गम्भीर चोट लागेको टोलीका एक सदस्यले जानकारी दिए । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौँको ग्रान्डी हस्पिटल ल्याइँदै छ ।
पेशाले चलचित्र पत्रकार सिटौला बालेनको चुनावी अभियान सुरुदेखि नै हिँडिरहेका छन् । उनी चलचित्र पत्रकार सङ्घको पूर्व अध्यक्ष समेत रहेका छन् । उनी फिल्मी अनलाइन द सिनेमा टाइम्स नेपालका सञ्चालक पनि हुन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











