काठमाडौँ,माघ १६ गते । काठमाडौँ महानगरपालिका–१७ धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकै सडक पेटीमा बिहीबार एक जना मृतवस्थामा फेला परेका छन् । हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मृतावस्थामा फेलापरेका प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौँ कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष पनि आज मृतावस्थामा फेलापरेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता काफ्लेले बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











