01/30/2026, 16:19:58
शुक्रबार, माघ १६, २०८२

नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, ४० जना घाइते


चितवन, माघ १६ गते । नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् ।

आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

अन्य घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १७ जना, चितवन मेडिकल कलेज भरतपुरमा पाँच जनाको उपचार भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..