01/30/2026, 19:28:27
शुक्रबार, माघ १६, २०८२

श्रीमतीको हत्या गरेर ‘गल्ती भयो’ भन्दै प्रहरी कार्यालय पुगे श्रीमान्


काठमाडौँ, माघ १६ : श्रीमती हत्या गरेर श्रीमान् प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका–७ देउरी ३० वर्षीय विनोद तामाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेर प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।

घरायसी झगडाका क्रममा मदिरा सेवन गरेर चिर्पटले श्रीमतीलाई हानेको थिएँ भन्दै विनोद शुक्रबार बिहानै प्रहरी चौकी आएका थिए,’  एसपी मिश्रले भने,  ‘प्रारम्भिक अनुसन्धानमा पनि त्यही भेटियो ।

कोपिलाको शव खाटमा सुतेको अवस्थामा फेला परेको थियो । मृतक नेपाली खाटमा सुताएको अवस्वामा शव फेला परेको थियो । मृतकको शरीरको टाउकोसहित विभिन्न भागमा चोट लागेको छ । दुवै जनाले मूर्ति बनाउने काम गर्ने गरेको प्रहरीले बताएको छ । विनोदविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।