01/18/2026, 23:17:35
आइतबार, माघ ०४, २०८२

परिस्थिति सामान्य छैन : महेश बस्नेत


काठमाडौँ, माघ ४ गते । नेकपा (एमाले) का सचिव महेश बस्नेतले अहिलेको परिस्थिति सामान्य नभएको र चुनावमा सरल ढङ्गले नजाने बताउनुभयो ।

आइतबार काठमाडौँमा बागमती प्रदेश कमिटीद्वारा आयोजित निर्वाचन केन्द्रित विशेष जन प्रदर्शन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

बस्नेतले भन्नुभयो, “हामी यो चुनावमा सरल ढङ्गले जाँदैनौं, सशक्त ढङ्गले जान्छौं । परिस्थिति सामान्य छैन । सामान्य नठान्नुस् । त्यही ठान्दा शेरबहादुर देउवा डुब्नुभयो । हाम्रो अध्यक्षले भन्नुभएको थियो, परिस्थिति जटिल छ । संयुक्त आन्दोलन गरौं, सँगै जाऔं । निर्वाचनको वातावरण छैन ।

blog

उहाँले यस निर्वाचनपछिको भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली  भएको दाबी समेत गर्नुभयो । उहाँले छिमेकी मुलुकभन्दा नेपाल आर्थिक, सैन्य शक्तिको तुलनामा कमजोर भएपनि सार्वभौमसत्ता कमजोर नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक शक्तिमा हामी कमजोर होला, सैन्य शक्तिमा हामी कमजोर होला । भूगोल हाम्रो सानो होला, जनसङ्ख्या हाम्रो सानो होला । तर, अमेरिका, जापान, चाइना, र इण्डियाभन्दा नेपाली जनताको सार्वभौमसत्ता कहिले पनि कमजोर छैन भनेर संसारभरी नेपालको गौरव बढाउने भावी प्रधानमन्त्री केपी ओली हो ।