
नेपालगन्ज, फागुन १३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेका आठ वटै पालिकामा मतदाता शिक्षा अभियान अहिले तीव्र गतिमा चलिरहेको छ । सोही क्रममा जिल्लाको नरैनापुरमा मतदाता शिक्षा अभियानलाई अगाडि बढाइएको छ ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले विगतका निर्वाचनमा सबैभन्दा बढी बदर मत हुने तथा मतदानसमेत कम हुने सो पालिकामा यस पटक शतप्रतिशत सदर मत खसाल्ने र मतदान प्रतिशत पनि बढाउने उद्देश्यका साथ मतदाता शिक्षा अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको बताउनुभयो । उहाँले बदर मत न्यून गर्न तथा मतदानमा सहभागिता बढाउन उत्पे्ररित गर्ने उद्देश्यले अहिले स्वयंसेवकले गाउँबस्ती तथा घर घरमै पुगेर मतदातालाई सचेत बनाइरहेको बताउनुभयो ।
गाउँपालिकाकी सूचना प्रविधि अधिकृत तथा मतदाता शिक्षा अनुगमनकर्ता जुना शाहीले नरैनापुरमा मतदाता शिक्षा कार्यक्रम फागुन ३ गतेदेखि नै प्रभावकारी रूपमा सुरु गरिएको बताउनुभयो । उहाँले सुरुमा बस्ती बस्तीमा पुगेर सामूहिक रूपमा शिक्षा दिइएको र हाल घर घरमै पुगेर बढीभन्दा बढी मतदातालाई भेटेर मतदानको अभ्याससमेत गराएर सचेतना प्रदान गरिरहेको बताउनुभयो । मतदाता शिक्षा अनुगमनकर्ता शाहीले भन्नुभयो, “मतदाता शिक्षाका लागि तयार पारिएका पाठ्यसामग्रीमार्फत मतदान प्रक्रिया, मत बदर हुने अवस्था र त्यसबाट जोगिने उपायबारे जानकारी गराइरहेका छौँ, यस पटक मतदाताले निकै रुचिका साथ शिक्षा लिँदै हुनुहन्छ ।”
नरैनापुर गाउँपालिका–१ की मतदाता रिना यादवले मतदाता शिक्षामा सहभागी भएपछि यस पटक आफ्नो मत बदर नहुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













