
नेपालगन्ज, फागुन १३ गते । लामो समयदेखि दुबै मिर्गौलामा समस्या भएपछि सिकिस्त बिरामी हुनुभएका वरिष्ठ लोक गायक एवम् कलाकार कमल विके निर्मोहीको मङ्गलबार साँझ निधन भएको छ ।
दुबै मिर्गौला फेल भएपछि डायलासिस गराइरहनुभएका वरिष्ठ गायक निर्मोहीको उपचारका क्रममा निधन भएको हो । दाङको तत्कालीन फूलबारी गाविसमा जन्मिनुभएका निर्मोही नेपालगन्जमा बसोवास गर्दै आउनुभएको थियो ।
परिवारका अनुसार शनिबार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि निर्मोहीलाई सोमबार भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
भेरी अस्पतालबाट मङ्गलबारनै निवासमा ल्याइएका निर्मोहीको साँझ ५ बजे निधन भएको थियो । मिर्गौला रोगबाटै पीडित उहाँकी पत्नी हेरमदेवी विकको गत माघ २३ गते निधन भएको थियो । वरिष्ठ गायक निर्मोहीको बुधबार दिउँसो सिधनियाघाट राप्ती नदीमा अन्तिम दाहसंस्कार हुने परिवारले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













