12/31/2025, 14:41:49
बुधबार, पुष १६, २०८२

नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस


कञ्चनपुर, पुस  १६ गते । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली सिफारिस गरेको छ । पार्टीको जिल्ला कार्यदलको बैठकले अनुभवी नेतादेखि नयाँ अनुहारसम्मलाई समेट्दै केन्द्रमा नामावली पठाएको हो ।

निर्वाचन क्षेत्र नं १ बाट पूर्वमन्त्री बिना मगरसहित सात जनाको नाम सिफारिस भएको छ भने अन्य सिफारिस हुनेमा जीवनराज थापा, मदनसेन वडायक, तिलक भट्ट, दीपक बिसी, भक्तबहादुर अधिकारी र लोकेन्द्र लम्साल रहेका छन् ।

 

निर्वाचन क्षेत्र नं २ मा भने आकाङ्क्षीहरूको सङ्ख्या उल्लेख्य देखिएको छ । पार्टीले यस क्षेत्रबाट जयराम पाण्डेय, दुर्गा जोशी भट्ट, महेशदत्त जोशी र माधवप्रसाद पन्तको नाम सिफारिस गरेको छ । त्यसैगरी लालबहादुर खड्का, हरिस ठकुल्ला (कमल क्षेत्री) र तोयराज जोशीको नाम पनि उम्मेदवारको सूचीमा समावेश छ ।

निर्वाचन क्षेत्र नं ३ बाट पाँच जना नेता चुनावी मैदानका लागि सिफारिसमा परेका छन् । जसमा खेम भण्डारी, दीपकसिंह साउद, मानबहादुर सुनार, राजीव दमाई र हरकसिंह धामी रहेका छन् । यस क्षेत्रमा दलित र जनजाति समुदायको प्रतिनिधित्वलाई पनि विशेष प्राथमिकता दिइएको छ ।

नेकपाका नेता जीवनराज थापाका अनुसार जिल्ला तहबाट सिफारिस भएका यी नाममध्येबाट पार्टीको केन्द्रीय कार्यदलले अन्तिम उम्मेदवारको टुङ्गो लगाउने छ । बैठकमा आकाङ्क्षीका रूपमा रहेका सबैको नाम संकलन गरी पठाएका छौँ, अन्तिम निर्णय गर्ने अधिकार केन्द्रलाई दिइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..