01/01/2026, 14:38:59
बिहिबार, पुष १७, २०८२

एमाले समानुपातिक सूचीमा उषाकला राईको ह्याट्रिक


काठमाडौँ, पुस १७ गते । खोटाङकी एमाले नेतृ उषाकला राईले समानुपातिक सांसद सूचीमा नाम राख्नमा ह्याट्रिक गरेकी छन् । एकपटक पनि प्रत्यक्ष चुनाव लडेर संसद नपुगेकी राईलाई एमालेले सबैभन्दा पहिलोपटक २०६४ को पहिलो संविधानसभामा समानुपातिक सांसद बनाएको थियो ।

दोस्रोपटक २०७४ मा तत्कालीन प्रदेश नम्बर १ तथा अहिलेको कोशी प्रदेशमा पनि उनी समानुपातिक सांसद हुँदै पछि मन्त्री भइन् । घरेलु मदिराको बजारिकरणमा उनको प्रस्ताव चर्चित भएको थियो । उषाकला राईले आगामी २१ फागुनमा हुने चुनावमा पनि समानुपातिक सांसदको सूचीमा नाम दर्ज गर्न सफल भएकी छिन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..