काठमाडौं, पुस १७ गते । कलश स्टक मार्केट ब्रोकर नं. ७४ ले लगानीकर्ताहरुलाई लक्षित गर्दै अनलाइनमार्फत सेयरबजार सम्बन्धी तालिम प्रदान गर्ने भएको छ ।
कम्पनीले दिएको जानकारीअनुसार पुस १९ गतेदेखि देखि २६ गतेसम्म ८ दिन नि:शुल्क तालिम लिन पाइनेछ । तालिममा सेयरप्रति चासो राख्ने व्यक्तिहरु सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
बेलुका ६ बजेदेखि ८ बजेसम्म हुन लागेको उक्त तालिमको लागि श्री अशोक कुमार शाह प्रमुख प्रशिक्षक रहने कलश स्टक मार्केटले जनाएको छ ।
भाग लिन चाहनेहरुले कलश मार्केटको वेबसाइटमा गइ फर्म भर्नुपर्ने कम्पनीका अध्यक्ष प्रदिप केसले बताउनु भएकोे छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







