काठमाडौँ, पुस ३० गते । विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्तावमा काँग्रेसको संस्थापन पक्षले जवाफ फर्काएको छ । ८ बुँदामध्ये ३ बुँदा स्वीकार गर्न नसकिने पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जनाएका छन् ।
महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्न संस्थापन पक्ष तयार नभएको हो । यसैगरी देउवा निष्क्रिय हुने प्रस्तावलाई पनि खड्काले खारेज गरेका छन् । सभापतिको अपमानजनक बहिर्गमन मान्न नसकिने उनको जवाफ छ ।
यसैगरी, सहमति कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठनबारे पनि खड्काले असहमति जनाएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










