काठमाडौँ, पुस २२ : भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोका छोरा निकोलास मदुरो गुएराले आफ्ना बाबु-आमालाई कब्जा गर्ने अमेरिकी कदमको निन्दा गरेका छन् ।
‘यदी हामीले राष्ट्रप्रमुखको अपहरणलाई सामान्य ठान्यौं भने कुनै पनि देश सुरक्षित रहनेछैन,’ भेनेजुएलाका सांसद् समेत रहेका मदुरो गएराले भने,’ आज यो भेनेजुएलामा भयो । भोली कुनै पनि देशमा हुनसक्छ । यो क्षेत्रीय समस्या होइन । वैश्विक राजनीतिक स्थितरतामाथिको सीधा चुनौती हो ।‘
उनले आफ्ना बाबु-आमाको रिहाईको माग गरेका छन् । त्यस्तै, आफ्नो विरुद्धमा दर्ता गरिएको अभियोगपत्रको पनि आलोचना गरेका छन् ।
डेल्सीलाई विश्वास नगर्न आव्हान
भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले अन्तरिम अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई विश्वास गर्न नसकिने बताएकी छिन् ।
उनले जेलमा रहेका राजनीतिक बन्दीहरुलाई रिहा गर्नुपर्ने माग गरेकी छिन् । नोबेल शान्ति पुरस्कार विजेता मचाडोले सामाजिक सञ्जाल एक्समार्फत यस्तो धारणा राखेकी हुन् ।
‘नागरिक र सैन्य राजनीतिक बन्दीहरूलाई अन्यायपूर्ण रूपमा थुनामा राख्नेहरूले तिनीहरूलाई तुरुन्तै रिहा गर्नुपर्छ,’ भेन्टे भेनेजुएला आन्दोलन शीर्षकमा उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले यसअघि फक्स न्यूजसँग कुरा गर्दै भेनेजुएलका राष्ट्रपति निकोलास मदूरोलाई कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमको प्रशंसा गरेकी थिइन् । उनले ट्रम्पप्रति कृतज्ञ रहेको बताइन् ।
यसअघि शनिबार ट्रम्पलाई फ्लोरिडामा भएको पत्रकार सम्मेलनमा माचाडोलाई आगामी राष्ट्रपति बनाउने विषयबारे सोधिएको थियो ।
जवाफमा ट्रम्पले माचाडो राम्रो मानिस भएपनि उनीप्रति भेनेजुएलका आम जनताको सम्मान नरहेको बताएकी थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















