फुङलिङ, पुस २३ गते । ताप्लेजुङमा सवारीसाधन कारबाहीबाट दुई लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म पाँच महिनाको अवधिमा दुई लाख २७ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको हो।
जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रहरी सहायक निरीक्षक सुरेन्द्रप्रसाद यादवका अनुसार पाँच महिनाको अवधिमा साना तथा ठुला सवारी साधन कारबाहीबाट उक्त रकम बराबरको राजस्व सङ्कलन भएको छ । यस्तै, पाँच महिनाको अवधिमा साना तथा ठुला गरी जम्मा दुईसय ७४ वटा सवारी साधन कारबाहीमा परेको प्रहरी सहायक निरीक्षक यादवले बताउनुभयो ।
.jpg)
उहाँका अनुसार सबैभन्दा बढी भ्यान १४८ र सबैभन्दा कम बस एउटा कारबाहीमा परेका छन् । त्यस्तै, ७५ वटा ट्याक्सी, २३ ट्रयाक्टर, १६ अट्टो र ११ ट्रक कारबाहीमा परेका छन् । साथै चालु आर्थिक वर्षमा एक महिला र एक पुरुष गरी दुई जनाको दुर्घटनामा परी मृत्यू भएको छ । तीन जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङले जनाएको छ।
– साहारा लिम्बू
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















