काठमाडौँ, पुस २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
आज बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर लिङ्देनले भेटवार्ता गरेका हुन् । भेटका क्रममा उनले लामिछानेलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन् ।
यही पुस २७ गते राप्रपाले राष्ट्रिय एकता दिवसका रूपमा पृथ्वी जयन्ती मनाउँदै छ । त्यस अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।
यसका २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका बारेमा पनि छलफल भएको बताइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















