काठमाडौँ, पुस २४ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५२ पैसा र बिक्रीदर १४४ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ७७ पैसा र बिक्रीदर १६९ रुपियाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ७६ पैसा र बिक्रीदर १९४ रुपियाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपियाँ २६ पैसा र बिक्रीदर १८१ रुपियाँ १ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ७३ पैसा र बिक्रीदर ९७ रुपियाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ९७ पैसा र बिक्रीदर १०४ रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपियाँ एक पैसा र बिक्रीदर ११२ रुपियाँ ४८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ४९ पैसा र बिक्रीदर २० रुपियाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २७ पैसा र बिक्रीदर ३८ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३७ पैसा र बिक्रीदर ३९ रुपियाँ ५४ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ सात पैसा र बिक्रीदर ३९ रुपियाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३७ पैसा र बिक्रीदर ३५ रुपियाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९२ पैसा र बिक्रीदर नौ रुपियाँ ९६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६१ पैसा र बिक्रीदर १५ रुपियाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४५ पैसा र बिक्रीदर २२ रुपियाँ ५५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४३ पैसा र बिक्रीदर १८ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपियाँ ९७ पैसा र बिक्रीदर ४७१ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ७३ पैसा र बिक्रीदर ३८२ रुपियाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ७९ पैसा विक्रिदर ३७४ रुपियाँ ३५ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









