काठमाडौँ, पुस २४ : शंखरापुर नगरपालिका–३ साखुस्थित जरसिंहपौवा–साँखु पक्की सडक खण्ड अन्तर्गत लप्सीफेदी जंगलमा महानगर यातायातको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
बुधबार नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएको बा ४ ख ८७८८ नम्बरको बस जरसिंहपौवाबाट फर्किँदै गर्दा दुर्घटनामा परेको हो । बस करिब सडकबाट ४० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार दुर्घटनामा घाइतेमध्ये अनुहारमा चोट लागेका नेपालगञ्ज कोहलपुर नगरपालिका ५ घर भएका (हाल बुढानिल्कण्ठ) ४९ वर्षीय कामना शर्माको शंखरापुर अस्पतालमा, ताप्लेजुङ पाथीभरा–५ घर भएका ( हाल काठमाडौंको बुढानिलकण्ठ–७ बस्ने ) ५१ वर्षीय इन्दिरा लिम्बुको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा, सिराहा घर भएका (हाल काठमाडौंको पेप्सीकोला ) ५५ वर्षीया शान्ति गुप्ता एनएमसी अस्पतालमा र पाँचथर घर भएका (हाल काठमाडौंको गोठाटार बस्ने) ६५ वर्षीय देवेन्द्र लिम्बुको पनि एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
भटराईका अनुसार उपचारपछि ४ जना भने डिस्चार्ज भएका छन् । २३ जनाको विभिन्न अस्पतालमा उपचार हुदैँछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















