02/28/2026, 06:22:10
शनिबार, फागुन १६, २०८२

सुनको मूल्यमा गिरावट


काठमाडौँ, पुस २४ गते । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस आधारमा बिहीबार छापावाल सुन तोलामा २ हजार रुपैयाँ घटेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ४ हजार ८३५ रुपैयाँ कायम भएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..