01/09/2026, 12:34:40
शुक्रबार, पुष २५, २०८२

नेपाली सेनाद्वारा गर्भवती महिलाको उद्धार


काठमाडौँ, पुस २४ गते । नेपाली सेनाले डोटीको आदर्श गाउँपालिका–२ निवासी गर्भवती महिलालाई हवाईमार्फत उद्धार गरेको छ। महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारको लागि सेनाको हवाई साधनमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पतालमा ल्याइएको हो।

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत आज उक्त महिलाको उद्धार गरिएको सेनाले जनाएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..