12/27/2025, 18:46:49
शनिबार, पुष १२, २०८२

तराईमा चिसोले जनजीवन कष्टकर, चोक चोकमा आगो बालियो


धनगढी, पुस १२ गते । चिसोले जनजीवन कष्टकर बनेपछि कैलालीको धनगढी बजारसहित विभिन्न पालिकामा चोक चोकमा आगो बालिएको छ ।

सर्वसाधारणले आगोे ताप्नका लागि सशस्त्र प्रहरीले विभिन्न चोकहरुमा आगो बालेको हो । पछिल्लो केही दिनयता अत्यधिक चिसो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको छ । चिसोका कारण मान्छेलाई दैनिक कामकाज गर्नसमेत समस्या भइरहेको छ ।

चिसोका कारण जनजीवन कष्टकर बन्न थालेपछि आगो ताप्नका लागि डिभिजन वन कार्यालयले निःशुल्क काठ वितरण गरिरहेको छ । सर्वसाधारणलाई चिसोबाट जोगाउनका लागि निःशुल्क दाउरा वितरण गरिरहेको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताउनुभयो ।

सामुदायिक वनहरुसंग समन्वय गरेर वनले दाउरा वितरण गरेपछि सशस्त्र प्रहरीले जिल्लाकोे विभिन्न पालिकामा आगो बाल्ने काम गरिरहेको छ ।

– अविनाश चौधरी