चन्द्रपुर (रौतहट), माघ २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार रौतहट आइपुग्नुभएको छ । चुनावी माहोल तताउन र पार्टी उम्मेदवारको मनोबल उच्च राख्न शाह मधेशका जिल्लामा आउनुभएको हो ।
बुधबार सर्लाही हुँदै रौतहट आएका शाहले विभिन्न स्थानमा ‘रोड सो’ गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट सभापति प्रदीप साहले जानकारी दिनुभयो ।

सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुर आइपुग्दा वरिष्ठ नेता शाहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले स्वागत गरेका थिए । ‘रोड सो’ का क्रममा शाह चन्द्रनिगाहपुरबाट गरुडा, जयनगर हुँदै मौलापुरसम्म गाडीबाटै हात हल्लाउँदै समर्थकको अभिवादन स्वीकार गर्दै अगाडि बढनुभएको थियो ।
बालेन्द्र शाह मौलापुरबाट बाराको कलैया हुँदै वीरगन्ज जानुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














