दमक, माघ २८ गते । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।
जेन-जी आन्दोलनपछि विकल्पका रूपमा आएको सबैभन्दा नयाँ शक्ति नै आफ्नो पार्टी भएको उहाँले दाबी गर्नुभयो । झापामा आयोजित निर्वाचन अभियानका क्रममा बोल्दै अध्यक्ष घिसिङले भन्नुभयो, “जेन-जीको प्रमुख मुद्दालाई हामीले आफ्नो मुख्य एजेन्डा बनाएका छौँ ।”
जनताले चाहेजस्तो परिवर्तन उज्यालो नेपाल पार्टीले मात्र गर्न सक्ने उल्लेख गर्दै उहाँले अहिले चर्चामा रहेका अन्य दलहरू जेन-जी आन्दोलनभन्दा अघि नै खुलेका र जनताले परीक्षण गरिसकेका शक्ति भएको बताउनुभयो ।
आफ्नो पार्टीले युवापुस्ता (जेन-जी) को मागलाई सार्थक बनाउँदै नेपालको नयाँ विकल्पका रूपमा स्थापित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । जेन-जी युनाइटेड लगायत आन्दोलनको नेतृत्व गर्नेहरू अहिले आफ्नो पार्टीमा आबद्ध रहेको समेत अध्यक्ष घिसिङले जानकारी दिनुभयो ।
– विष्णुप्रसाद पोखरेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















