02/10/2026, 17:44:17
मङ्गलबार, माघ २७, २०८२

मधेश दौडाहामा बालेन


काठमाडौँ, माघ २७ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को आज चुनाव लक्षित कार्यक्रम रहेको छ । केही दिन आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा रहेका बालेन आज मधेश केन्द्रित कार्यक्रम तय भएको छ ।

रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारेपछि देश दौडाहामा केन्द्रित छन् ।

 

उनी सप्तरी जिल्लाका पार्टीका उम्मेदवारदेखि मतदातासँग भेटघाटमा छन् । मधेशका अधिकांश जिल्ला दौडाहा गर्दै आज बेलुका बर्दिबास पुग्ने उनको कार्यक्रम छ । बालेन पहिलो सम्बोधन गर्न जनकपुर पुगेर गरेका थिए।

फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गरेर रास्वपा सभापति रवि लामिछाने र नेता साह सँगै चुनावी अभियानमा जाने तयारीमा छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..