गाईघाट (उदयपुर), माघ २७ गते । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका आठ पालिकामा कक्षा ६ मा अध्ययनरत ११ देखि १४ वर्ष उमेरका चार हजार ४३८ बालिकालाई एचपिभी खोप दिन सुरुआत गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबारदेखि जिल्लाका ती पालिकामा नै खोप सञ्चालन गरिएको र यही फागुन २९ गते खोप कार्यक्रम सम्पन्न गरिने छ । यसभन्दा अघिल्ला वर्षहरूमा यहाँका १८ हजार बालिकामा एचपिभी खोप दिने कार्य सम्पन्न भइसकेको र यसपटक नियमित र विगतका वर्षहरूमा छुटेका गरी चार हजार ४३८ बालिकालाई खोप लगाउने लक्ष्य राखिएको खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए।
यसका लागि जिल्लामा प्रत्येक सरकारी तथा निजी विद्यालयमा ३९४ खोप केन्द्र स्थापना गरेर ३६४ स्वास्थ्यकर्मी र ३९४ स्वयंसेवक परिचालन गरिएको छ । भविष्यमा हुने पाठेघर र स्तन क्यान्सरबाट बच्न बालिकाहरूलाई खोपले सहयोग गर्ने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










