02/10/2026, 17:58:26
मङ्गलबार, माघ २७, २०८२

सुनको मूल्य बढ्दा चाँदी घट्यो


काठमाडौँ, माघ २७ गते । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तीन लाख ५ हजार पाँच सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा तीन लाख चार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलामा पाँच हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा पाँच हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..