02/10/2026, 17:58:56
मङ्गलबार, माघ २७, २०८२

ओखलढुङ्गा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्यो


काठमाडौं, माघ २७ गते । काठमाडौंबाट ओखलढुंगाको जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ । उक्त दुर्घटनामा ठूलो हताहती भएको बताइएको छ ।

ओखलढुङ्गाको रगनी जाँदै गरेको उक्त बस रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मा दुर्घटनामा परेको हो । अहिले घटनास्थलमा स्थानीय र प्रहरी उद्धारमा खटिएका छन् । दुर्घटनामा परेको गाडी नम्बर र अन्य विस्तृत विवरण आउन बाँकी रहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..