काठमाडौँ, माघ २७ गते । आर्थिक वर्ष २०८२-८३ को पहिलो ६ महिनामा नेपालको बाह्य अर्थतन्त्र सकारात्मक सुधार भएको छ ।
समीक्षा अवधिमा मुलुकको निर्यात ४३.८ प्रतिशतले बढेर र १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । भने आयात पनि १४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३९ अर्ब २ करोड कायम भएको छ।
आयात र निर्यात दुवै बढेका कारण कुल व्यापार घाटामा १०.१ प्रतिशतको वृद्धि भई ७ खर्ब ९७ अर्ब पुगेको प्रतिवेदनले देखाउँछ ।
वस्तुगत आधारमा हेर्दा अलैँची र पाम तेल जस्ता वस्तुको निर्यात बढेको छ । भने रासायनिक मल र सुन-चाँदी जस्ता वस्तुको आयातमा वृद्धि भएको छ।
रेमिट्यान्स ३९.१ प्रतिशतको उच्च वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्यामा १०.३ प्रतिशतको संकुचन आएको छ ।
२०८२ असार मसान्तको तुलनामा पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले बढेर ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ ।
अमेरिकी डलरमा यो सञ्चिति २२ अर्ब ४७ करोड रहेको छ । जसले २१.४ महिनाको वस्तु आयात र १८.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ। यस तथ्यांकले मुलुकको बाह्य क्षेत्र मजबुत बन्दै गएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












