काठमाडौं, माघ २७ गते । दार्चुलामा मृत भेटिएका प्रहरी हवल्दार योगेन्द्र बहादुर घर्तीको हत्या भएको खुलेको छ। बांगाबगरमा घर्तीको धारिलो हतियार प्रहार गरेर सोमबार राति हत्या भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार हत्या आरोपमा दुई महिलासहित तीन जना पक्राउ परेका छन्। महाकाली नगरपालिका–४ की २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र एक नाबालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर बिष्टले बताएका छन्।
उनका अनुसार घटनामा संलग्न आशिक पालसहित ३\४ जना अझै फरार छन्। उनीहरुको खोजी कार्य भइरहेको छ। हवल्दार घर्ती बांगाबगरको एक होटलमा गएका बेला महिलालाई जिस्काएको निहुँमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ।
प्रहरी हवल्दार घर्तीले दिपिकालाई जिस्काएको निहुँमा विवाद हुँदा कुटपिट र धारिलो हतियार प्रहार भएको उनीहरुले प्रहरीसमक्षको प्रारम्भिक बयानमा स्वीकारेका छन्।
उनको टाउको धारिलो हतियार प्रहार गरेको घाउ छन्। उनको शव अहिले पोष्टमार्टमका लागि अस्पतालमा छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










