काठमाडौँ, माघ १४ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली कांग्रेसको जन्मभूमि भएको बताउनुभएको छ ।
बुधबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताउनुभएको हो । ‘मधेश कांग्रेसको जन्मभूमि हो’, सभापति थापाले भन्नुभयो, ‘कांग्रेसलाई बनाएको, कांग्रेसलाई हुर्काएको र कांग्रेसलाई बलियो बनाएको यही धर्तीले हो ।’
उहाँले विगतमा भएका कमजोरी गल्ती सुधार गर्ने संकल्पसहित मधेश आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा हामीले थुप्रै गल्ती र कमजोरी गर्यौँ । ती गल्ती सुधार गर्ने संकल्पसहित हामी मधेश आएका हौँ ।’

अरुले के गरे भन्नु भन्दा कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा जोड दिनुभयो । ‘सिंगो मधेशको सम्मान र अधिकारको सवालमा थुप्रै नयाँ पार्टी आए । कसैलाई केही आरोप लगाउँदिन तर कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्छ’, थापाले भन्नुभयो ।
सभापति थापाले कांग्रेसले सभापतिलाई मधेशमा उम्मेदवार बनाएर आएकाले सर्लाहीका चार क्षेत्रसँगै मधेशका ३२ क्षेत्रबाट कांग्रेसका उम्मेदवारले मधेशबाट साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















