01/28/2026, 20:37:34
बुधबार, माघ १४, २०८२

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पुगे सुदूरपश्चिमको डडेलधुरा


डडेलधुरा, माघ १४ : रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सुदूरपश्चिम भ्रमणका क्रममा बुधबार डडेलधुरा पुगेका छन्। बुधबार बिहान पार्टी कार्यालय तुफानडाडामा पुगेका बालेनले त्यहाँ उपस्थित पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका छन्।

चुनावी दौडका क्रममा विभिन्न जिल्लामा कार्यकर्ता भेट्दै आएका बालेनको डडेलधुरा आगमनलाई सामान्य भेटघाटका रूपमा लिइएको पार्टीले जनाएको छ।

रास्वपाका नेता तथा डडेलधुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार ताराप्रसाद जोशीले बालेनको भ्रमण औपचारिक कार्यक्रमभन्दा पनि कार्यकर्ता र समर्थकसागको संक्षिप्त भेटमा केन्द्रित रहेको बताए। उनले बालेनको उपस्थितिले पार्टी कार्यकर्ता र शुभेच्छुकहरूमा थप उत्साह र हौसला बढेको उल्लेख गरे।

डडेलधुरामा छोटो समय बिताएका बालेन थप कार्यक्रमका लागि बैतडी  प्रस्थान गरेका छन्।