01/28/2026, 20:38:40
बुधबार, माघ १४, २०८२

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्रीको मृत्यु


काठमाडौं,माघ १४ गते । भारतको महाराष्ट्रमा एउटा चार्टर्ड विमान दुर्घटना हुँदा राज्यका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ । प्रारम्भरिक जानकारीअनुसार बुधबार बिहान अवतरण गर्ने क्रममा विमान बारामतीमा दुर्घटनामा परेको थियो । विमानमा अजित पवारका अतिरिक्त अन्य चार जना सवार रहेका बताइएको छ ।

दुईजना चालकदलका सदस्य र दुईजना अजित पवारका सहयोगी भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । उक्त विमान मुम्बईबाट उडेको थियो । बारामती विमानस्थलमा अवतरणका क्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको र विमानमा आगो लागेको थियो।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..