02/11/2026, 12:16:00
बुधबार, माघ २८, २०८२

गृहजिल्लामा बालेन, गगन थापाको चुनावी क्षेत्रमा जाँदै


काठमाडौं, माघ २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज सर्लाही जाँदै छन् । मधेस प्रदेशको चुनावी यात्रामा रहेका साह अहिले गृहजिल्ला महोत्तरीमा रहेका छन । हिजो राती बर्दिबासमा बास बसेका उनले आजबिहान रास्वपाबाट उम्मेदवार बनेका महोत्तरीका १, २, ३ र ४ नम्बर क्षेत्रका उम्मेदवारलाई सामूहिक रूपमा भेटेका छन् । बालेन अभियानको क्रममा हिजो पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा एकडारा पुगेका थिए।

हिजो उनी सप्तरीदेखि महोत्तरीसम्मको अभियानमा सहभागी बालेन आज सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको चुनावी यात्रामा निस्केन लागेका छन । उनी आजै लालबन्दी, हरिवन, बरथवा हुँदै रौतहट प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, सर्लाही – ४ मा साहले हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार, –बहुअर्वा, बैरिया, सिसौट बजार हुँदै मानपुर, पिपराभिता, हजरिया हुँदै बरहथवा बजारतर्फ लाग्ने जनाइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..