02/11/2026, 12:48:01
बुधबार, माघ २८, २०८२

११ सयले बढ्यो सुनको मूल्य


काठमाडौँ, माघ २८ गते । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ। मङ्गलबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढ्दै ५ हजार २९० रुपैयाँ पुगेको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा किनबेच भएको थियो। त्यसअघि सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँ र चाँदी ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..