02/11/2026, 11:25:31
बुधबार, माघ २८, २०८२

कार्यकर्तालाई चुनावी अभियानमा लाग्न कांग्रेस सभापति थापाको निर्देशन


इनरुवा, माघ २८ गते । नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु-याउन पार्टीका सबै नेता कार्यकर्तालाई एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ ।

मङ्गलबार बिहान सुनसरीको कोशी गाउँपालिका–३ स्थित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ४ का सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको निवासमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त, सदाचारयुक्त र सुशासनयुक्त बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि आगामी निर्वाचनमा कांग्रेसले अत्याधिक मत ल्याउनु जरुरी छ ।

सयौँ नेता कार्यकर्ताको उपस्थितिमा भएको स्वागत कार्यव्रmममा उहाँले सबैको अधिकार, पहिचान र सम्मानसहित देशमा सुशासनको पक्षमा काम गर्ने पार्टी नेपाली कांग्रेस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब १० लाख व्रिmयाशील सदस्य रहेको पार्टी नेपाली कांग्रेसको जित पक्कै हुने छ भन्नेमा हामी विश्वास्त छौँ । सुनसरीका चारै निर्वाचन क्षेत्रमा विजयी हुन पार्टीका सबै नेता कार्यकर्तालाई अभियानमा लाग्न आग्रह गर्दछु ।

blog

उहाँले देशका लागि अहिलेको निकै महìवपूर्ण भएकाले गुटभन्दा पार्टीका लागि सबै एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफूहरूले पार्टीका सभापती बन्न मात्रै नभई देशमा रहेको बेथितिको अन्त्य, भ्रष्टाचार नियन्त्रण, सदाचारयुक्त समाज निर्माण गर्ने अभियान पनि लिएर पार्टीको विशेष महाधिवेशन गराएको स्पष्ट पार्नुभयो ।

यसैबिच वराहक्षेत्र समाचारदाताका अनुसार सभापति गगन थापा मङ्गलबार नै सुनसरी क्षेत्र नं. ४ को जमुवामा कार्यकर्तासँग भेट गर्दै पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं. ४ का उम्मेदवार रहनुभएका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताएर पठाउन आग्रह गर्नुभएको छ ।

कार्कीले पार्टीलाई विभाजनबाट रोक्न ठुलो भूमिका निर्वाह गर्नुभएको भन्दै पार्टीलाई एकढिक्का राख्न भूमिका खेल्ने अनुभवी, परिपक्व र सबैलाई मिलाएर लैजान सक्ने नेता कार्कीलाई जिताएर पठाउन आग्रह गर्नुभएको हो । पार्टीको कार्यव्रmम सकेर सभापति थापा आफ्नो क्षेत्र फर्कनुभएको छ ।

– जयकृष्ण यादव