काठमाडौं, माघ २८ गते । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् ।
१२ जनाको मृत्यु हुने गरी दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरूले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन् ।
स्थानीयहरूले काठमाडौंबाट गएका सवारी साधनलाई खुर्कोट, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशे र गाउँबाट छुटेका गाडीहरूलाई खिम्तीमै रोकेका छन् ।
स्थानीयहरूले दुर्घटनाको छानविनका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचार लगायतका माग राखेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












