काठमाडौँ, माघ २८ : विशेष अदालतले त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंलाई झुटा विवरण पेस गरेकोमा दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको छ।
विद्यावारिधि गरेको भनेर झुटा विवरण पेस गरेको ठहर गर्दै विशेषले दस हजार जरिवाना पनि तोकेको छ ।
बुधबार विशेष अदालत काठमाडौंका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले प्रसाईंलाई कैद सजाय सुनाएको हो।
सह-परीक्षा नियन्त्रक पदमा नियुक्ती भई कार्य गरी सकेको र हाल सो पदमा आवेदन दिनका लागि निजको योग्यता पुगेको विषयमा विवाद नभएको अवस्था समेतलाई विचार गरी सोही दफा ११ (१) बमोजिम निज प्रतिवादी डिल्लीराम प्रसाईंलाई ६ महिना कैद र दस हजार रुपैयाँ जरिवाना गरिएको फैसलामा उल्लेख छ ।
उनले त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरको सह-परीक्षा नियन्त्रक पदमा नियुक्तिका लागि विद्यावारिधि प्राप्त गरेको स्वघोषणसहित निवेदन दिएका थिए। त्यसका आधारमा मूल्यांकन समितिले ८ अंक प्रदान गरेका थिए। अन्य तीन जना प्रतिस्पिर्धीलाई पछि पार्दै उनी २०८१ मंसिर १८ मा सह-परीक्षा नियन्त्रक नियुक्त भएका थिए।
उनले विद्यावारिधि नगरेको भन्दै अख्तियार दुरुयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। त्यसका आधारमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
त्रिविको अनुसन्धान समितिले २०८१ माघ २९ को निर्णयअनुसार, प्रसाईंले विद्यावारिधि प्राप्त गरेको देखिएको अदालतको फैसलामा उल्लेख छ। यसरी विद्यावारिधि नगर्दै गरेको भनेर सह-परीक्षा नियन्त्रक पदमा नियुक्ति प्राप्त गर्न झुटा विवरण पेस गरेको पाइएकोले कसुर ठहर हुने अदालतले फैसलामा उल्लेख छ ।
यसमा कैद सजाय र जरिवानासँगै उनलाई ४०० रुपैयाँ क्षतिपूर्ति भराउन पनि भनिएको छ। जललक्ष्मी प्रधान, मेघराज पोखरेल र मोतिलाल शर्माले भने सफाइ पाएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












