काठमाडौँ , माघ २९ गते । षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन मिति वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ ।
सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्रलाई समेटेर कथासारबारे जानकारी दिइएको छ । बर्दियाको राजापुरमा छायाङ्कन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ ।
चलचित्र मार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले पदार्पण गर्दै हुनुहुन्छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गर्नुभएको हो । अभिनेतृ खड्काको नियमितभन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ । प्रदीप भट्टराई कार्यकारी निर्माता र म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुनुहुन्छ ।
क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायाङ्कन निर्देशक सुसन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रूपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समीर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपुत, खेम सेन्चुरी र जयन जे वाइबाको रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









