काठमाडौँ, माघ १९ गते । बक्स अफिसको पछिल्लो साताको रिपोर्टले हाल प्रदर्शनमा रहेका चलचित्रहरूको व्यापार मिश्रित रहेको देखाएको छ । रिपोर्टअनुसार प्रतिस्पर्धात्मक रिलिज र कमजोर दर्शकबीच केही चलचित्रले अपेक्षाकृत राम्रो व्यापार गरेका छन् ।
९ माघदेखि प्रदर्शनमा आएको ‘परिवर्तन’ चलचित्रले शनिबार रातिसम्म ३१ लाख ९ हजार ९२५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सामाजिक कथामा आधारित यो चलचित्रमा सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य अभिनय रेहको छ । सीमित शोका बाबजुद चलचित्रले मध्यम व्यापार गरेको हो ।
त्यस्तै, १ माघदेखि प्रदर्शनमा आएको ‘गोबर गणेश’ साताको बक्स अफिसमा अग्रस्थानमा छ । मरिचमान श्रेष्ठ र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको फिल्मले हालसम्म १ करोड ३६ लाख २० हजार ८६६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपुतको अभिनय रहेको फिल्म ‘मिरमिरे’ले ३३ लाख ९३ हजार ७२५ र निगम श्रेष्ठको निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ले ३६ लाख १० हजार ९२५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
चुनावको माहौलले सामाजिक सञ्जालको ध्यान अन्यत्र मोडिएको र दर्शक संख्या घट्नुका बाबजुद ‘गोबर गणेश’ले बक्स अफिसमा सन्तोषजनक प्रगति गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










