02/02/2026, 16:15:49
सोमबार, माघ १९, २०८२

गृहमन्त्री अर्यालको स्पष्ट सन्देश: ‘प्रहरीलाई नियन्त्रण होइन, सक्षम बनाउन चाहन्छौँ’


काठमाडौँ, माघ १९  गते । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको उद्देश्य नेपाल प्रहरीलाई नियन्त्रणमा राख्नु होइन, क्षमतावान् र व्यावसायिक बनाउनु रहेको बताएका छन्।

उनले गृह मन्त्रालय प्रहरीका लागि निर्देशन दिने निकाय मात्र नभई संरक्षण र मार्गदर्शन गर्ने अभिभावक संस्थाको भूमिकामा रहेको उल्लेख गरेका छन्।

काठमाडौँमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले प्रहरी संगठनलाई नीतिगत स्पष्टता, संस्थागत सुदृढीकरण र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका छन्।

सम्बोधनका क्रममा उनले शक्ति दुरुपयोग तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रहरी परिचालन पूर्ण रूपमा कानुनअनुसार, निष्पक्ष र व्यावसायिक ढंगले हुनुपर्नेमा जोड दिए। कुनै पनि स्वार्थ समूह वा तत्वबाट प्रहरीको निष्पक्षता प्रभावित हुन नदिन सरकार दृढ रहेको उनले स्पष्ट पारेका छन्।

गृहमन्त्री अर्यालले विगतका निर्वाचनहरूमा देखाएको दक्षताजस्तै आगामी निर्वाचनमा पनि नेपाल प्रहरीले जिम्मेवारी सफलतापूर्वक निर्वाह गरी आफ्नो व्यावसायिक क्षमताको पुनः पुष्टि गर्ने विश्वास व्यक्त गरेका छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..