02/02/2026, 14:01:39
सोमबार, माघ १९, २०८२

अफगानिस्तानमा पोलियो खोप अभियान सुरु


काबुल, माघ १९  गते। अफगानिस्तानले सोमबार दखि २०२६ को पहिलो पोलियो खोप अभियान सुरु गरेको छ । अभियानले पाँच वर्ष मुनिका ७३ लाख बच्चाहरूलाई पोलियो भाइरसबाट जोगाउने लक्ष्य राखेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार – बिहीबार सम्म जारी चार दिने अभियान अन्तरगत देशका ३४ वटा प्रदेश मध्ये १८ वटा प्रान्तका बालबालिकामा पोलियो खोप लगाउने मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले बताएका छन्।

अभियानको सफलता सुनिश्चित गर्न आदिवासी अग्रज, धार्मिक विद्वान र अभिभावकलाई स्वास्थ्य कार्यकर्तासँग पूर्ण सहयोग गर्न अमरखिलले आह्वान गरेका छन् ।

सन् २०२६ मा अहिलेसम्म पोलियोको कुनै घटना दर्ता भएको छैन । यद्यपि, द्वन्द्व पिडित राज्यमा पोलियो रोग उन्मूलन गर्न जारी सरकारी प्रयासहरूको बाबजुद सन् २०२५ मा अफगानिस्तानमा कम्तिमा नौ वटा घटनाहरूको पुष्टि भएको थियो ।

अफगानिस्तान र छिमेकी पाकिस्तानमा जङ्गली पोलियो भाइरस सङ्क्रमण अझै उन्मूलन हुन नसकेको जनाइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..