काठमाडौँ, माघ १९ : इरानका सर्वोच्च नेता अली खामेनीले अमेरिकाले इरानमाथि आक्रमण गरे त्यसको प्रतिफल क्षेत्रीय युद्ध हुने चेतावनी दिएका छन्।
अल-जजिराका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा सैन्य उपस्थिति विस्तार गरिरहेका सन्दर्भमा तेहरानमा आयोजित कार्यक्रममा बोल्दै खामेनेईले यस्तो चेतावनी दिएका हुन्। ‘यदि यस पटक उनीहरूले युद्ध सुरु गरे भने त्यसले क्षेत्रीय युद्धको रूप लिनेछ ’ उनले भने।
खामेनीले अमेरिका इरानका विशाल तेल तथा प्राकृतिक ग्यास स्रोतहरू कब्जा गर्न चाहिरहेको आरोप पनि लगाए। त्यसैगरी, उनले हालै भएका सरकारविरोधी प्रदर्शनलाई ‘कू’ को संज्ञा दिँदै ती गतिविधि योजनाबद्ध रहेको दाबी गरे।
‘हालैको अशान्ति कू जस्तै थियो, तर त्यो दबाइयो,’ उनले भने। उनका अनुसार प्रदर्शनकारीहरूको उद्देश्य देश सञ्चालनसँग जोडिएका संवेदनशील र प्रभावकारी केन्द्रहरू ध्वस्त पार्नु थियो, जसका क्रममा प्रहरी, सरकारी कार्यालय, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका संरचना, बैंक तथा मस्जिदहरूमा आक्रमण गरिएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















