01/31/2026, 19:16:11
शनिबार, माघ १७, २०८२

अमेरिकी सरकार आंशिक शटडाउनमा प्रवेश


वासिङ्टन, माघ १७ गते । अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदानमा अवरुद्ध गरेपछि सङ्घीय सरकारले आंशिक शटडाउन घोषण गरेको जनाइएको छ । यद्यपि अवरोध भने सीमित हुने अपेक्षा गरिएको जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबिच बढेको गतिरोधका कारण शनिबार मध्यरातपछि सटडाउन सुरु भएको जनाइएको छ ।

संघीय अध्यागमन एजेन्टद्वारा मिनियापोलिसमा दुई जना प्रदर्शनकारीको हत्यामा डेमोक्र्याटले रिसाएर प्रतिक्रिया दिए पछि सुरक्षा विभागको लागि नयाँ कोषका लागि वार्ता असफल भएको स्थानीय मिडियाले जनाएका छन् ।

यसैबिच सिनेटर डिक डर्बिनले सामाजिक सञ्जालमा “लागु औषध तस्कर, बाल शिकारी र मानव बेचबिखन गर्नेलाई पछ्याउनुको सट्टा, ट्रम्प प्रशासनले शिकागो र मिनियापोलिसमा शान्तिपूर्ण प्रदर्शनकारीलाई लक्षित गरी बहुमूल्य स्रोत बर्बाद गरिरहेको बताएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..