काठमाडौँ, माघ १८ : इरानमा विकसित हुँदै गएको सुरक्षा तथा राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले इरानमा बसोबास गरिरहेका वा रोजगारीमा रहेका नेपाली नागरिकलाई उपलब्ध जुनसुकै माध्यम प्रयोग गरेर यथाशीघ्र सुरक्षित रूपमा देश छोड्न अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । मन्त्रालयले अवस्था सामान्य नहुँदासम्म इरान जाने योजना स्थगित गर्न पनि भनेको छ ।
मन्त्रालयले इरानमा रहेका नेपालीलाई आपत्कालीन अवस्थामा सहज रूपमा बाहिरिन सक्ने गरी राहदानी, परिचयपत्र लगायतका सबै यात्रा कागजात तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।
यसअघि मन्त्रालयले २०२६ जनवरी १३ मा पनि इरानसम्बन्धी यात्रा चेतावनी (ट्राभल एडभाइजरी) जारी गरेको स्मरण गराउँदै उक्त सूचनालाई समेत पालना गर्न भनिएको छ ।
समन्वय तथा आवश्यक सहयोगका लागि परराष्ट्र मन्त्रालय, काठमाडौं तथा कतारको दोहास्थित नेपाली दूतावाससँग सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









